काठमाडौँ । सोमबार नेप्से परिसूचकमा ४ दशमलब ५० अंकको वृद्धि भई ९ सय २२ अंकमा कारोबार बन्द भएको छ। क बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलब ९९ अंकले बढेर १ सय ९७ दशमलब ४२ अंकमा बन्द भएको छ ।
आज १ सय ३१ कम्पनीको १ हजार ४ सय ६४ कारोबारबाट ५ लाख १८ हजार ५ सय ८१ कित्ता शेयर खरिद बिक्रिबाट १८ करोड ९२ लाख १ हजार ४ सय ५१ बराबर रुपैंयाको कारोबार भएको छ । आज उपपरिसूचकहरुमा सबै समूह बढेको छ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी नेपाल लाईफ़ इन्सुरेन्स लिमिटेडको १ करोड ९० लाख ५४ हजार बराबर रुपैंयाको कारोबार भएको छ । एन एल जी इन्सुरेन्स कम्पनीको सर्वाधिक ५ प्रतिसत ३७ प्रतिसतले मूल्य बढेको छ भने प्यासिफिक बिकाश बैंक लिमिटेडको सर्वाधिक ७ प्रतिसतले मूल्य घटेको छ ।
Comment