धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डबाट सम्मानित



काठमाडौं । धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरप्रेनियर्स अवार्डबाट सम्मानित भएका छन् ।

युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्‍याएवापत ढकाललाई “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड” अन्तर्गतको “योङ ईन्टरप्रेनियर्स अवार्ड” प्रदान गरिएको हो । सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मानसहित उक्त अवार्ड प्रदान गरेका हुन् । युवा उद्यमी ढकाल, व्यवसायीक तथा सामाजिक क्षेत्रमा सक्रिय छन् ।

उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानूनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ ।

ढकाल पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मूख्य व्यवसाय बनाएर अघि बढेका छन् । उनकै पहलमा १६ वर्षपछि पहिलो पटक नयाँ ब्रोकर कम्पनीले लाईसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको थियो ।

उनी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजीबजार फोरमका केन्द्रीय सदस्यसमेत हुन् । ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तिर्ण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानून शास्त्रमा स्नातक गरेका छन् ।

अवार्ड प्राप्त गरेपश्चात उनले आफुलाई अझ बढि जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशिलताको विकास, नेपालको पूँजीबजारको सुधार र सुदृढिकरणको लागि थप सक्रिय रहन प्रेरणा मिलेको बताएका छन् ।

प्रकाशित : २८ आश्विन २०८०, आईतवार १२:४९