एनआरएनए डे मनाउने भब्य तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एनआरएनए डे मनाउने भब्य तयारी



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापना दिवस मनाउँदैछ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले परम्परागत रुपमा बुधवार (अक्टोवर ११) तारिखमा पुजापाठ गरेर सो दिवस बनाउने तयारी गरेको हो।

संघका अनुसार बुधबार बिहान ७ देखि ८ः३० बजेसम्म स्वयम्भूमा गैरआवासीय नेपालीहरु जम्मा भएर पुजापाठ गर्ने छन्। यस्तै विहान ९ः१५ देखि १०ः३० बजे सम्म पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

यस्तै दिउसो संघको केन्द्रीय कार्यालयमा रक्तदान, एनआरएनए फाउण्डेशनको साधारणसभा, भवन कृतिरत्न अवार्ड वितरण लगायत ९ औं राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरिने संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन १७ अक्टोबरदेखि औपचारिक रुपमा सुरु हुनेछ। सो महाधिवेसनको उद्धघाटन राष्ट्रिपति रामचन्द्र पौडेलले गर्ने भएका छन्। संघको नयाँ नेतृत्वको लागि निर्वाचन १९ अक्टोवरमा हुने कार्यतालिकतय गरिएको छ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार १८:५०