अनाधिकृत रुपले तथ्यांक प्रयोग नगरीदिन नेप्सेको आग्रह, तथ्यांक प्रयोग गर्न इच्छुकले निवेदन दिनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अनाधिकृत रुपले तथ्यांक प्रयोग नगरीदिन नेप्सेको आग्रह, तथ्यांक प्रयोग गर्न इच्छुकले निवेदन दिनुपर्ने



काठमाडौं । नेपाल स्टक एक्कचेन्ज (नेप्से) ले तथ्यांक प्रयोग गर्न चाहने प्रयोगकर्ताहरुलाई ‘तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा (४) अनुसार निवेदन दिन अनुरोध गरेको छ । नेप्सेले मंगलबार एक सुचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

त्यस्तै, नेप्सेले सुचनामार्फत अनाधिकृत रुपले आफ्ना तथ्यांकहरुको प्रयोग नगरीदिन पनि आग्रह गरेको छ । नेप्सेका तथ्यांकहरु अनाधिकृत रुपले प्रयोग गरे वा गराएको पाइएमा कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी समेत दिएको छ ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार १७:२४