माण्डू हाइड्रो र हाथवे इन्भेष्टमेन्टले पाए ओपनिङ रेञ्ज, भोलिदेखि कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माण्डू हाइड्रो र हाथवे इन्भेष्टमेन्टले पाए ओपनिङ रेञ्ज, भोलिदेखि कारोबार



काठमाडौं। नेपाल स्टक एक्सचेञ्जमा माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर कारोबारका लागि सूचीकृत भएका छन् । यी दुई कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ ।

माण्डू हाइड्रोले पहिलो कारोबारका लागि न्यूनतम १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँको रेञ्ज पाएको छ । यो कम्पनीले कारोबारका लागि माण्डू (MANDU) सिम्बोल पाएको छ । यो कम्पनीको कुल एक करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर सूचीकृत भएको हो । यो कम्पनीको सेयर कारोबार दोश्रो बजारमा भोलि(बुधबार)देखि हुनेछ ।

यसैगरी, हाथवे इन्भेष्टमेन्टले दोश्रो बजारमा कारोबारका लागि न्यूनतम ९५.०९ देखि अधिकतम २८५.२७ रुपैयाँको ओपनिङ रेञ्ज पाएको छ ।

यो कम्पनीले ५० रुपैयाँ अंकित दरका दुई करोड ३४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । तिनै कित्ता सूचीकरणको सम्झौता भएको हो । यो कम्पनीको सेयर पनि भोलिदेखि नै कारोबारमा आउनेछ । यो कम्पनीको दोश्रो बजारमा हाथी (HATHY) सिम्बोलबाट कारोबार हुनेछ ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार १५:२७