देश विकासका लागि वित्तीय संस्थामा सुधार आवश्यक : गभर्नर नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देश विकासका लागि वित्तीय संस्थामा सुधार आवश्यक : गभर्नर नेपाल



धनगढी, १४ फागुन  । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थाको सुधार हुनु आवश्यक रहेको बताएका छन् ।

कैलालीको अत्तरियामा आज सञ्चालन भएको वित्तीय साक्षरता अभियानमा उनले पैसा चलाउन नजानेका कारण देश गरिबीको अवस्थामा पुगेको बताए ।

मिडिया इन्टरनेशनलको आयोजनामा भएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिश्रुत थापाले जनचेतना बढाउन यस्तो किसिमको कार्यक्रम सफल रहने बताए । कार्यक्रमस्थलमा वित्तीय साक्षरतासँगै सर्वसाधारणलाई खाता खोल्नका लागि विभिन्न बैंकको कक्षसमेत राखिएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७३, शनिबार १७:३१