एभरेष्टका लगानीकर्तालाई गजबको अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्टका लगानीकर्तालाई गजबको अफर



काठमाडाै १३ फागुन । अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट लगानीकर्तालाई ७० प्रतिशत बोनस बाँडेको एभरेष्ट बैंक लिमीटेडले ३ बराबर १ को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले ३३.३३ प्रतिशतको दरले हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएपछि धितोपत्र बोर्डले पाइपलाइनमा राखेको हो ।

एभरेष्ट बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्ने बताइएको छ ।

एभरेष्ट बैंकले कुल १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद १ सय रुपैयाँको दरले निश्कासनको माग गरेको हो । प्रस्तावित हकप्रद निश्कासनपछि एभरेष्ट बैंकको चुक्तापूँजी ६ अर्ब ३ करोडको उचाईमा पुुग्नेछ ।

एभरेष्ट बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९७ करोड १५ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकले आर्थिक वर्ष २०७२ ७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ०५:०८