कर्जाको ब्याज बढाउँदै बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्जाको ब्याज बढाउँदै बैंक



काठमाडौं, १३  फागुन। दुई साताअघि मात्र नेपाल राष्ट्र बैंकको निर्देशन पछि कर्जामा ब्याज नबढाउने भद्र समहति गरेका बैंकहरुले अघिल्लोपटक ब्याज बढाएको एक महिना हुँदा नहुँदै फेरि कर्जाको ब्याज बढाउन थालेका छन् । निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदर बढाउनु परेको बैंकहरुले धमाधम फागुन मसान्तदेखि लागू हुनेगरी कर्जाको ब्याज बढ्ने ऋणीलाई फोन गरेर जानकारी गराउन थालेका छन् ।

लगानीयोग्य पूँजीको अभाव भएको भन्दै छोटो समयको मुद्दती खातामा १२ प्रतिशत ब्याज दिएर निक्षेप तानिरहेका बैंकहरुले उच्च दरमा निक्षेप लिएर कम ब्याजदरमा कर्जा लगानी गर्दा नोक्सानी हुने भएकोले तुरुन्तै एकपछि अर्को गर्दै कर्जाको ब्याज बढाउन थालेको दाबी गरेका छन् । केही बैंकले फागुनदेखि लागू हुनेगरी न्यूनतम ब्याज ११ प्रतिशत पुग्ने जानकारी आफ्ना ऋणीहरुलाई दिइसकेका छन् । आजको नागरिकमा खबर छ ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ०४:५८