नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश घोषणा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई करसहित ९.६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २५ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस फन्डले गत वर्ष इकाईधनीलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार १३:०५