सेयर बजारकाे ओरालो यात्रा कायमै, काराेबार रकम एक अर्ब ५६ करोडमा सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारकाे ओरालो यात्रा कायमै, काराेबार रकम एक अर्ब ५६ करोडमा सीमित



काठमाडौं । साताको दाेस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ५.८९ अंकले घटेर परिसूचक २००४.४५ बिन्दुमा झरेको हो ।

आज २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज जलविद्युत समूहको उपसूचक १९.८४ अंकले बढेको छ भने बाकीं प्राय सबै समूहको उपसूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको उपसूचक ४.५४, विकास बैंक ४.०५, वित्त १.८४, होटल ३४.५८ जीवन बिमा ७९.२६, निर्जीबन बिमा ५५.४०, माइक्रोफाइनान्स २२.९२, उत्पादन तथा प्रशोधन २३.०२ अंकले घटेको छ ।

नेप्से घटेपनि आज कारोबारमा तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, इष्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ। आज शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार १५:२७