दुई हाइड्रोपावरकाे सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई हाइड्रोपावरकाे सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ । सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा अप्पर लोहोरे खोलाको पहिलो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा खुला भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता ९७.८७ रुपैयाँदेखि २९३.६१ रुपैयाँसम्म तोकेको थियो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर आइतबार सूचीकृत भएको थियो । नेप्सेमा ‘युएलएचसी’ संकेतबाट अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ ।

यता, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको पहिलो कारोबार भने प्रतिकित्ता २२२ रुपैयाँमा खुला भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको थियो ।

‘एमइएचएल’ संकेतमा मनकामना इन्जिनियरिङको सेयर कारोबार सुरु भएको छ । दुवै कम्पनीको ओपनिङ मूल्यलाई आधार मानेर नेप्सेमा नियमित कारोबार सुरु हुनेछ ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार ११:११