नेप्सेमा सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत



काठमाडौं । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएको हो।

यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन्। विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्कासन भएको थियो। यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ। यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन्।

यसैगरी विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्कासन भएको थियो। यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १२:५१