सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा ६५.८८ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बीमा

सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा ६५.८८ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो छ ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत आर्थिक वर्ष भन्दा ६५.८८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ०१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा ५ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ ।

कम्पनीको जीवन बीमा कोष ५६ दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ।

अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ०३ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष २१ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । २ अर्ब ६२ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार ११:०२ 20 September, 2023 11:02 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।