नेपालपत्र न्यूजका सम्पादक खड्का बागमती प्रदेश संघबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

मुख्य समाचार

नेपालपत्र न्यूजका सम्पादक खड्का बागमती प्रदेश संघबाट सम्मानित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । बागमती प्रदेश सहकारी संघले नेपालपत्र न्यूज डटकमका सम्पादक माधव कुमार खड्कालाई सहकारी सञ्चारकर्मी विधामा सम्मान गरेको छ । आज सम्पन्न तेश्रो साधारणसभाको अवसरमा सम्पादक खड्कालाई संघले सम्मान गरेको हो ।

संघले यस वर्षबाट विभिन्न विधामा व्यक्ति तथा संस्थालाई सम्मान गर्न शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले खड्कालाई सम्मानपत्र प्रदान गरेका हुन् ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको छ ।

खड्का विगत एक दशक देखि सहकारी क्षेत्रको बारेमा कलम चलाउँदै आएका छन् ।

प्रकाशित : २९ भदौ २०८०, शुक्रबार १६:१८ 15 September, 2023 4:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।