६० किलो सुन प्रकरणः ३ अर्ब ५० करोड १६ लाख बिगो दाबी सहित ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

६० किलो सुन प्रकरणः ३ अर्ब ५० करोड १६ लाख बिगो दाबी सहित ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव



काठमाडौ । ६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड १६ लाख मागदाबी तथा ५० जनालाई प्रतिवादी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुझाव दिएको छ। बुधबार पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले हालसम्म ३२ जना पक्राउ परेको जानकारी दिइन्।

यीमध्ये २३ नेपाली र ९ विदेशी रहेका छन्। अझै १८ जना फरार छन् । उनका अनुसार यसमा पनि १४ विदेशी र ४ जना नेपाली फरार रहेका छन् ।

सीआईबी प्रमुख बज्राचार्यका अनुसार उनीहरुलाई राष्ट्र बैक ऐन २०५८ को दफा ९२ अनुसार पनि कारबाही हुने बताइन् । साउन २ गते राति त्रिभुवन विमानस्थलबाट बाहिरिएको अवस्थामा सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । विभागले १८ दिन अनुसन्धान गरेपछि सम्पूर्ण कागजात र पक्राउ परेका व्यक्तिसहित सीआईबीलाई अनुसन्धान जिम्मा लगाएको थियो । सीआईबीले साउन २२ बाट अनुसन्धान थालेको हो ।

सीआईबी प्रमुख बज्राचार्यले प्रत्यक्ष रुपमा ४२ जनाले ३५ दिनसम्म अनुसन्धान गरेको बताएकी छन्। पहिलो प्राविधिक टिममा ४२ जना थियो । त्यो समुहले दैनिक १८ घन्टाकाम गरेको उनले बताईन । अनुसन्धानका क्रममा ५ जनाले विदेशी नागरिकता लिएको देखिएको उनको भनाइ छ ।

सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार १३:२१