लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा



काठमाडाैँ । माछापुच्छ्रे बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १८ गते पोखराको होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको हो । यस संगै माछापुच्छ्रे वार्षिक साधारण सभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।भाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार १०:३८