काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार १९.४२ अंकले घटेर परिसूचक १९६७.५७ बिन्दुमा झरेको हो ।
२७६ कम्पनीको २९ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेमा आज सबै समूहको उपसूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको उपसूचक ५.४७, विकास बैंक ५४.०९, वित्त ३२.८९, होटल ११०.८७, जलविद्युत ३१.२७, जीवन बिमा १०८.२९, निर्जीबन बिमा १४९.४०, माइक्रोफाइनान्स ५०.५६, उत्पादन तथा प्रशोधन ५६.०१ अंकले घटेको छ ।
कारोबारमा शुभम् पावर लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस्तै आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमुल्यमा भने नकारात्मक सर्किट लागेर बन्द भएको छ ।
कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक आज अग्रस्थानमा रहेको छ । कम्पनीको सात करोड ५६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
Comment