काठमाडाै ९ फागुन । प्रचण्ड नेतृत्वको सरकारले १४ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुख प्रतिपक्षी दल एमालेलाई भाग नलाई सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।
निर्णय अनुसार सरकारको नेतृत्वकर्ता दल माओवादीबाट डेनमार्क, अष्ट्रेलिया, साउदी अरब र बहराइनका लागि क्रमशः युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्रवहादुर सिंह र पदम सुन्दास राजदूतमा सिफारिस भएका छन् ।
त्यस्तै कांग्रेसबाट अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि गरि ६ जना राजदूत सिफारिस भएका छन् ।
राप्रपाले तीन राजदूत पाएको छ जसमा प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका छन् भने फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् ।
Comment