स्थानीय तहको रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्थानीय तहको रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने



काठमाडौं । सरकारले स्थानीय तहको रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था आइतबारबाट कार्यान्वयनमा ल्याउँदैछ । अर्थमन्त्रालयले स्थानीय तहमा जाने रकम बैंकमा निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्न शुक्रबार राष्ट्र बैंकलाई पत्र पठाएको र आइतबारबाट कार्यान्वयनमा आउने जनाइएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गर्न पाउने व्यवस्था गरिने निर्णय केही दिन अघि गरेका थिए । तर यसको कार्यान्वयन केन्द्रिय बैंकले गर्ने भएकाले राष्ट्र बैंकलाई अर्थले पत्र पठाउनुपर्ने हुन्छ । सोही कारण शुक्रबार अर्थले पत्र पठाए हो ।

बैंकहरुले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउनु पर्ने माग गर्दै आएका थिए । गत आर्थिक वर्ष (२०७९/८०) स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । तरल चालु आर्थिक वर्षबाट (२०८०/८१) यो व्यवस्था हटाइएको थियो ।

प्रकाशित : २४ भाद्र २०८०, आईतवार ०७:५१