डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । वडा अध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वडासचिव प्रकाश खड्काका अनुसार डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापतिसमेत रहेका रिजाल दोस्रोपटक वडाध्यक्ष निर्वाचित भएका हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार ११:५०