काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज बजार ६.४५ अंकले घटेर परिसूचक १९६१.३७ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ।
२७७ कम्पनीको २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक १९.७२ र टेड्रिङ समूहको १३.५२ अंकले बढेको छ भने बाकीं सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक २.९१, विकास बैंक ४.११, वित्त १२.७९, होटल ४३.७३, जलविद्युत १३.०४, जीवन बिमा ६८.२८, माइक्रोफाइनान्स ७.५०, निर्जीबन बिमा ५८.८६ अंकले घटेको छ ।
कारोबारमा एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेरुडे लघुवित्त वित्तिय संस्थाको सेयरमुल्य पनि उच्च अंकले बढेको छ । आज आरबीबी म्युचुअल फण्ड २ र लिर्बर्टी इनर्जी कम्पनीको सेयरमुल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको सात करोड ५८ लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।





Comment