काठमाडौं । मिड सोलु हाईड्रोपावर लिमिटेडको स्थानीयका लागि निष्काशन गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले साउन १४ देखि साउन ३० गतेसम्म सेयर निष्काशन गरेको थियो ।
मिड सोलुको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको थियो । उक्त हाइड्रोपावरले जारी पुँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रूपैयाँ बराबरको एक सय रूपैयाँ अंकित दरको ७ लाख ४८ हजार चार सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याइएको थियो ।
जारी गरिएको सेयरमध्ये अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ३ देखि ७ र ११ का स्थायी बासिन्दाका लागि पाँच लाख ६१ हजार तीन सय कित्ता र प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड अति प्रभावित क्षेत्र बाहेकका सोलुखुम्बुका स्थायी बासीन्दाहरुको लागि एक लाख ८७ हजार एक सय कित्ता साधारण सेयरहरु बिक्री खुल्ला गरिएको थियो ।
सेयर निष्काशनको अवधिमा आयोजना अति प्रभावित क्षेत्रको लागि छुट्याईएको सेयर रितपूर्वक प्राप्त आवेदनहरु मध्ये १० कित्तादेखि पाँच सय १० कित्ता सेयर माग गर्ने जम्मा दुई हजार पाँच सय १० आवेदकलाई माग गरे बमोजिम ४ लाख ९७ हजार ६ सय २० कित्ता, ६ सय कित्ता देखि ४ हजार ९५० कित्तासम्म माग गर्ने १०८ जना आवेदकलाई ६२ हजार ६४० कित्ता सेयर गरी कूल ५ लाख ६० हजार २६० र उक्त बाँडफाँट गरिएको थियो ।
निष्काशनको समयमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुबाट जम्मा दुई हजार ६७० जना आवेदकहरुबाट जम्मा ६ लाख ३३ हजार ९० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएको कम्पनीले बताएको छ ।
प्राप्त आवेदनहरुमध्ये ५२ जना आवेदकहरुले ११ हजार ३० कित्ता सेयर खरिदको लागि दिइएको आवेदन भने रितपूर्वक नभएको हुँदा रद्द भएको कम्पनीले बताएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट जम्मा पाँच हजार ९२९ जना आवेदकहरुबाट जम्मा ६ लाख ६६ हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो ।





Comment