म्याद सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्रि गर्ने २ उत्पादकलाई ५ लाख जरिबाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

म्याद सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्रि गर्ने २ उत्पादकलाई ५ लाख जरिबाना



काठमाडौं । उपभोग्य मिति सकिएको खाद्य वस्तुमा पुनः नयाँ मिति राख्ने दुई वटा उत्पादक जरिवानामा परेका छन् ।काठमाडौं भित्री शहर यट्खा र याङ्जामा रहेका दुई फरक फरक उत्पादकले उपभोक्ता हित विपरीतको काम गरेको वाणिज्य विभागले जनाएको छ ।

आइतबार गरेको अनुगमनमा यट्खा टोलमा रहेको एक उत्पादकले सडेको किसमिस बिक्री गरेको पाइएपछि विभागले उक्त उत्पादकलाई ३ लाख रुपैयाँ जरिबाना गरेको हो ।

यस्तै काठमाडौंकै भित्रि टोल याङ्जाको अर्को एक उत्पादकले भने उपभोग्य मिति सकिएको काजुलाई पुन रि प्याकेजिङ गरी नयाँ मिति राखेर बजार पठाएपछि २ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलवार १३:५७