सुनचाँदीको मूल्यमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्यमा गिरावट



काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य तोलामा एक लाख १२ जहार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलवार १३:४७