भगवती हाइड्रोपावरकाे आईपीओ बाँडफाँड, कतिले हात पारे सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भगवती हाइड्रोपावरकाे आईपीओ बाँडफाँड, कतिले हात पारे सेयर ?



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो। जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। बाँकी १२ लाख ३५ हजार ४५५ आवेदक रित्तो हात भएका छन् ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार ११:००