बैंक र बीमाले बढायो बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक र बीमाले बढायो बजार



काठमाडौं,  ८ फागुन । साताका पहिलो दिन अर्थात अाईतबार  नेप्से परिसुचक २५ अंकले बढेको छ । गतसाताको अन्तिम दिन २७ अंकले बढेको नेप्से यो साताको पहिलो दिन २५ दशलमव ५० अंकले बढेर १३ सय ६९ दशमलव ३५ को बिन्दुमा आईपुगेको छ ।

नेप्से परिसुचकसँगै क वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्श पनि ५ दशमलव ६४ अंकले बढेको छ ।
आज कारोबार भएका समूह मध्ये उत्पादन तथा प्रशोधन र होटल बाहेकका समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बीमा समूह रहेको छ । जसमा २९५ दशमलव ९७ अंकको वृद्धि देखिएको छ । आज सर्वाधिक कमाउने दश उत्कृष्ठ कम्पनी मध्ये सात कम्पनी यही समूहका रहेका छन् । नेको इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ, भने सगरमाथा इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र हिमालय जनरल इन्स्योरेन्स शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै बैकिङ १४ दशमलव १९ अंकले बढेको छ । सर्वाधिक कारोबार हुने दश कम्पनीमा अधिकांश कम्पनी यही समूहका रहेका छन् । बैंक अफ काठमाडू लुम्बिनीको सबैभन्दा बढी करिब ३ अर्बको शेयर किनबेच भएको छ ।

त्यस्तै जलविद्युत समूह पाँच दशमलव ३६ अंकले बढेको छ । यहि समूह अन्र्तगत पर्ने दिव्यश्वरी हाइड्रोका लगानीकर्ताहरुले सर्वा्धिक गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य करिव १० प्रतिशतले घटेको छ । विकास बैंक समूह २९ दशमलव ६९ अंकले बढेको छ भने फाइनान्स समूह २० दशमलव ८५ अंकले बढेको छ । त्यस्तै अन्य समूह २४ दशमलव ५८ अंकले बढेको देखिन्छ ।

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार १०:४३