हकप्रद र एफपिओमा नयाँ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हकप्रद र एफपिओमा नयाँ व्यवस्था



काठमाडौं, ८ फागुन  । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर र फर्दर पब्लिक अफरिङ (एफपिओ) मा पनि आस्बा प्रणाली लागू गर्ने भएको छ । माघदेखि पब्लिक शेयरमा पनि आस्बा लागू गरेको बोर्डले अबदेखि हकप्रद र एफपिओमा पनि आस्बा लागू गर्न लागेको हो ।

सम्बन्धित केन्द्रमा गएर हकप्रद र एफपिओको आवेदन दिंदा धेरै लगानीकर्ता छुटेकाले त्यसलाई सहजिकरण गर्न आस्बा लागू गर्न लागिएको बोर्डले जानकारी दिएको छ । ‘आस्बा लागू गर्ने सम्बन्धि प्रस्ताव धितोपत्र बोर्डले केही समयधित्रै सञ्चालक समितिमा पेश गर्नेछ।’ बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले भने, ‘बोर्डबाट स्वीकृत भएर आएसंगै कार्यान्वयनमा आउने छ ।’

आईपिओ निष्काशनमा देशभर शेयर बिक्री गरिने भएपनि हकप्रदमा भने काठमाडौंमा मात्र संकलन केन्द्र राखिने अनि शेयरधनीलाई हकप्रद भर्न बञ्चित गरेर पछि महंगो मूल्यमा प्रिमियम पाउनेगरी लिलाम गर्ने प्रचलन बढेको छ । शेयर बजार साप्ताहिकबाट

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार ०५:५४