टेलिकम र दुरसञ्चार प्राधिकरणमा खुल्यो जागिरको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टेलिकम र दुरसञ्चार प्राधिकरणमा खुल्यो जागिरको अवसर



काठमाडौं  ८ फागुन । दुरसञ्चार क्षेत्रको नियमन गर्ने निकाय नेपाल दुरसञ्चार प्राधिकरण र सरकारी लगानीको दुरसञ्चार कम्पनी नेपाल टेलिकमले प्राविधिक, प्रशासन र व्यवस्थापन अन्तर्गत विभिन्न पदमा जागिर गर्न चाहनेसँग आवेदन माग गरेका छन् ।

दुरसञ्चार प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ उप निर्देशकदेखि सहायक निर्देशक र प्रशासनतर्फ सहायक पदको आवेदन माग गरेको छ । टेलिकमले आइतबार प्राविधिक तथा प्रशासनतर्फ एक सय भन्दा बढी सङ्ख्यामा आवेदन माग गरेको छ । उप प्रबन्धकदेखि जुनियर टेक्नीसियनसम्म टेलिकममा आवेदन दिन सकिनेछ ।

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार ०५:२५