ओरियन्टल इन्स्याेरेन्सकाे अधिकांश सूचकमा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ओरियन्टल इन्स्याेरेन्सकाे अधिकांश सूचकमा सुधार



काठमाडौं । ओरियन्टल इन्स्याेरेन्स गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा ४० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३७.५९ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष यस इन्स्याेरेन्सले २९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको बिमा कोषको आकार पनि १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद बिमा शुल्क आर्जन पनि बढेको छ । अघिल्लो वर्ष ९० करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा बढेर ९७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, हाल जगेडा कोषमा ५१ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको खुद दाबी भुक्तानी पनि ५७ करोड ६२ लाख रुपैयाँबाट बढेर ५८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १४:५६