सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश



काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो।

न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन्। नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेकाे थियाे ।

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ। भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ बताइएको छ। उक्त प्रमाणपत्रका आधारमा उनले एमबिबिएस अध्ययन गरेका थिए। उनी मेडिकल कलेज सञ्चालक पनि हुन्।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १८:१६