एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको लाभांश घोषणा



काठमाडौं । एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ ।

लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार शुक्रबार (साउन १९ गते) बुक क्लोज भएको हो ।

तसर्थ, यो मितिसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउने यस क्यापिटलले जनाएको छ । यो खुलामुखी योजना हो ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार १७:४६