बेनी हाइड्रोपावरको १ करोड ४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ रेञ्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बेनी हाइड्रोपावरको १ करोड ४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ रेञ्ज



काठमाडाैं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको कुल १ करोड ४ लाख कित्ता शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत शेयरमध्ये सर्वसाधारणका लागि निष्काशन गरिएको २० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूको ८३ लाख २० हजार कित्ता शेयर रहेका छन्। यससँगै कम्पनीको कुल शेयर संख्या १ करोड ४ लाख कित्ता पुगेको हो।

कम्पनीको शेयर अब बुधबार हुने स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएपछि नियमित बजारमा कारोबारका लागि उपलब्ध हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरलाई न्यूनतम ९१ रुपैयाँ २७ पैसादेखि अधिकतम २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ।

अब कम्पनीको शेयर दोस्रो बजारमा ‘BENHP’ टिकर संकेतमा कारोबार हुनेछ। लगानीकर्ताले स्पेशल प्रि–ओपन सेसनमा हुने पहिलो कारोबारपछि नियमित बजारमा समेत कम्पनीको शेयर खरिदबिक्री गर्न सक्नेछन्।

प्रकाशित : 13 October, 2026 12:46 pm