नेपालमा एमजी हेक्टर टोमाहक ईभी सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५७.९९ लाख मूल्यमा उपलब्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नेपालमा एमजी हेक्टर टोमाहक ईभी सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५७.९९ लाख मूल्यमा उपलब्ध



काठमाडौं । नेपालका लागि जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले प्रिमियम इलेक्ट्रिक एसयूभी ‘एमजी हेक्टर टोमाहक ईभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस नयाँ विद्युतीय एसयूभीको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । यस वर्षको सुरुवातमै नेपाल प्रवेश गरेको एमजी ब्रान्डले आफ्नो उत्पादन विस्तार गर्ने क्रममा यो प्रिमियम मोडेल भित्र्याएको हो ।

कम्पनीले सार्वजनिक गरेको लन्च अफर अन्तर्गत पहिलो ५० जना ग्राहकलाई ५७ लाख ९९ हजार रुपैयाँको विशेष ‘इन्ट्रोडक्टरी मूल्य’ मा गाडी उपलब्ध गराइने जनाएको छ । साथै, अटोमोबाइल बजारमा मूल्य पारदर्शिता कायम गर्ने नौलो अभ्यास स्वरूप जीओ अटोमोबाइल्सले गाडीसँगै यसका २४ वटा प्रमुख स्पेयर पार्ट्सको आधिकारिक मूल्यसूचीसमेत सार्वजनिक गरेको छ ।

यसअन्तर्गत एसी फिल्टरको मूल्य एक हजार ५४८ रुपैयाँ, हेडल्याम्पको ६१ हजार ५६० रुपैयाँ, वाइपर ब्लेडको एक हजार ८१६ रुपैयाँ, फ्रन्ट फेन्डरको १२ हजार ४१९ रुपैयाँ तथा टेल ल्याम्पको २० हजार २६५ रुपैयाँ तोकिएको छ ।

यस्तै, अगाडिको बम्पर माथिल्लो भागको १२ हजार ७३८ रुपैयाँ र तल्लो भागको ९ हजार ७०५ रुपैयाँ, रियर डिस्क ब्रेक प्याडको १७ हजार ४३३ रुपैयाँ, फ्रन्ट डिस्क ब्रेक प्याडको २२ हजार ६५३ रुपैयाँ, बाहिरी रियर भ्यु मिररको १७ हजार ६५९ रुपैयाँ, पछाडिको ब्रेक रोटर डिस्कको ११ हजार ११ रुपैयाँ र अगाडिको विन्डसिल्डको २१ हजार २५७ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, फ्रन्ट नक एब्जर्भरको १६ हजार १११ रुपैयाँ, अगाडिको रोटर डिस्कको १२ हजार ८५५ रुपैयाँ, फ्रन्ट स्टेबलाइजर लिंक रडको ६ हजार २८६ रुपैयाँ, रियर बम्पर मोल्डिङको १२ हजार १९० रुपैयाँ, रियर बम्पर साइडको ४ हजार ७६९ रुपैयाँ, रियर बम्पर तल्लो भागको ११ हजार ९३ रुपैयाँ, पछाडिको सिसा ९रियर ग्लास० को १५ हजार २४७ रुपैयाँ, फ्यान मोटर एसेम्बलीको ४५ हजार ५६६ रुपैयाँ, एसी कन्डेन्सरको ३० हजार रुपैयाँ, रेडिएटर एसेम्बलीको २४ हजार २४० रुपैयाँ, रियर स्टेबलाइजर साफ्ट लिंक रडको ६ हजार ४१ रुपैयाँ तथा टाई रड एसेम्बलीको १४ हजार ४९३ रुपैयाँ निर्धारण गरिएको छ ।

फराकिलो स्थान, आकर्षक उपस्थिति, आरामदायी यात्रा तथा इलेक्ट्रिक मोबिलिटीका फाइदा खोज्ने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको यस एसयूभीमा ६९।२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र १५० किलोवाट ९पध्० क्षमताको विद्युतीय मोटर जडान गरिएको छ ।

यस मोटरले ३१० न्युटन मिटर टर्क उत्पादन गर्दछ । एमआईडीसी प्रमाणित मापदण्डअनुसार यसले एक पटकको फुल चार्जमा ५१७ किलोमिटरसम्मको रेन्ज दिने क्षमता राख्छ। गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ८।२ सेकेन्डमा हासिल गर्न सक्ने बताइएको छ ।

चार्जिङ पूर्वाधारका दृष्टिले हेक्टर टोमाहक ईभीले ९० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसबाट ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन करिब ३५ मिनेट लाग्छ । घर वा कार्यालयमा प्रयोग हुने ७।४ किलोवाटको एसी चार्जरमार्फत ब्याट्रीलाई १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न भने करिब १२।५ घण्टा लाग्ने कम्पनीले जनाएको छ ।

ग्राहकको पारिवारिक आवश्यकता अनुसार यो एसयूभी ५ सिटर र ७ सिटर गरी दुई वटा सिटिङ कन्फिगरेसनमा उपलब्ध छ । ५ सिटर भेरिएन्टमा ६१० लिटरसम्मको विशाल बुट स्पेस ९सामान राख्ने ठाउँ० रहेको छ ।

गाडीको क्याबिनमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने ३२।५ सेन्टिमिटर ९१२।८ इन्च० को टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा चालकका लागि २२।३ सेन्टिमिटरको मल्टि(इन्फर्मेसन डिस्प्ले ९एमआईडी० समावेश गरिएको छ ।

सुरक्षाका दृष्टिले गाडीलाई बलियो बनाउन ‘हाई(स्ट्रेन्थ स्टिल बडी स्ट्रक्चर’ प्रयोग गरिएको छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम ९ईएसपी०, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, इबीडीसहितको एबीएस, चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, अटो होल्ड सुविधासहितको इलेक्ट्रिक पार्किङ ब्रेक, डाइरेक्ट टायर प्रेसर मनिटरिङ सिस्टम ९टीपीएमएस०, बालसुरक्षाका लागि आइसोफिक्स चाइल्ड(सिट एन्कर्स, रियर पार्किङ सेन्सर तथा रिभर्स पार्किङ क्यामेरा जस्ता सुरक्षा फिचर राखिएका छन् ।

नयाँ मोडेल सार्वजनिक गर्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेपाली ग्राहकसमक्ष नयाँ प्रविधि भित्र्याउन पाउँदा उत्साहित भएको बताए ।

उनले भने, “एमजी हेक्टर टोमाहक ईभी नेपाली ग्राहकसमक्ष ल्याउन पाउँदा हामी गौरवान्वित छौँ । नेपालमा स्मार्ट र दिगो ९सस्टेनेबल० मोबिलिटीप्रतिको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ । यो एसयूभीले प्रविधि, आराम र विद्युतीय कार्यसम्पादनको उत्कृष्ट संयोजन प्रस्तुत गर्नुका साथै यसको मूल्यले ग्राहकलाई वास्तविक मूल्य ९भ्यालु० प्रदान गर्ने हाम्रो विश्वास छ । सवारीसाधन उपलब्ध गराउनुका साथै प्रत्येक एमजी मालिकलाई उत्कृष्ट सेवा र बिक्रीपछिको अनुभव प्रदान गर्न पनि हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ ।”

इच्छुक ग्राहकहरूले थापाथलीस्थित एमजीको शोरुममा पुगेर एमजी हेक्टर टोमाहक ईभीको बुकिङ र टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

नेपालमा यो ब्रान्ड वितरण गरिरहेको जीओ अटोमोबाइल्स सन् १९३० मा स्थापित प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हो । त्यस्तै, १०० भन्दा बढी देशमा उपस्थिति रहेको विश्वव्यापी फर्च्युन ५०० कम्पनी ‘साइकमोटर’ र भारतको अग्रणी समूह जेएसडब्लू ग्रुपबिच सन् २०२३ मा बनेको संयुक्त उपक्रम ‘जेएसडब्लू एमजी मोटर इन्डिया’ले विश्वस्तरीय प्रविधि र अत्याधुनिक उत्पादन विस्तार गरिरहेको छ ।

सन् १९२४ मा बेलायतबाट स्पोर्ट्स कार, रोडस्टर र क्याब्रियोलेट शृङ्खलामार्फत यात्रा सुरु गरेको ‘मोरिस ग्यारेज’ ९एमजी० हाल १०० वर्ष लामो विरासत बोकेर आधुनिक, नवप्रवर्तनकारी र ुकनेक्टेड, अटोनोमस, सेयर्ड एन्ड इलेक्ट्रिकु ९ऋब्क्भ्० मोबिलिटी भिजनतर्फ अघि बढेको छ ।

भारतको गुजरातस्थित हलोल प्लान्टबाट वार्षिक एक लाखभन्दा बढी सवारी उत्पादन क्षमता भएको एमजीले यसअघि नै भारतको पहिलो इन्टरनेट एसयूभी ‘हेक्टर’, पहिलो प्योर इलेक्ट्रिक इन्टरनेट एसयूभी ‘जेडएस ईभी’, अटोनोमस लेभल १ युक्त ‘ग्लस्टर’, पर्सनल एआई असिस्टेन्ट र अटोनोमस लेभल २ युक्त ‘एस्टर’, कम्युटर ईभी ‘कमेट’ र इन्टेलिजेन्ट सीयूभी ‘विन्डसर’ जस्ता मोडलहरू बजारमा ल्याइसकेको छ । हेक्टर टोमाहक ईभीको आगमनले नेपाली सडकमा दिगो, नवप्रवर्तनकारी र आधुनिक मोबिलिटीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : 13 October, 2026 1:19 pm