माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबारदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबारदेखि



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु हुँदै छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुनेछ ।

बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । पाँच दिनसम्म चल्ने बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ । माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको छ ।

बैठकका एजेण्डालाई अन्तिम रुप दिन बुधबार बिहान स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार ०८:००