माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढ्यो



काठमाडौं । माछापुच्छ्रे बैंकले गएको आर्थिक वर्षमा खुद नाफा ९.७५ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले बुधबार प्रकाशित गरेको गएको आर्थिक बर्षको वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष एक अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको माछापुच्छ्रे बैंकले गएको आर्थिक वर्षमा एक अर्ब ८५ करोड ११ लाख रुपियाँ खुद नाफा कमाएको छ।

समीक्षा बर्षको बैंकको लाभांश क्षमता १५ प्रतिशतभन्दा बढी देखिएको छ । अघिल्लो आर्थिक वर्षमा मुनाफाबाट कुनै लाभांश वितरण गर्न नसकेको बैंकको लाभांश क्षमता गएको आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर १५ रुपैयाँ २९ पैसा (१५.२९ प्रतिशत) पुगेको छ ।

माछापुछ्रे बैंकको गत आर्थिक बर्षको वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशत बढेर एक अर्ब ५६ करोड ८७ लाख पुगेसँगै लाभांश क्षमता पनि बढेको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको छ ।

माछापुछ्रे बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ । बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ ।

गएको आर्थिक बर्षमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६० पैसा बढेर १८ रुपियाँ ५ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपियाँ १० पैसा रहेको छ।

गत असारसम्म माछापुछ्रे बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ, जगेडा कोष छ अर्ब छ करोड ४८ लाख रुपैयाँ छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार ०७:५०