सुनको मुल्य तोलामा ९०० रुपैंयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको मुल्य तोलामा ९०० रुपैंयाले घट्यो



काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।

अघिल्लो छापावाल सुनको मुल्य प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार ११:५१