सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुन्छ : अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुन्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुगत परिषदले आयोजना गरेको एक कार्यक्रमलाई संबाेधन गर्दै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुंदा व्यवसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा उनले राखे ।

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा महासंघले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई सहित कार्यकालको सफलताको शुभकामना दिदै अध्यक्ष ढकालले व्यवसायिक गतिविधि बढाउन सदस्य वस्तुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।

हाम्रा सदस्य वस्तुगत संघहरू महासंघका बलिया खम्बा हुन । आफै सक्षम पनि छन् । तपाईहरू आफना मुद्दाहरूलाई आफै पनि अगाडि बढाउन सक्नुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ, उनले भने–’तपाईहरूका इस्यूका साथमा महासंघपनि संगै गयो भने हाम्रो एकता अझ बढी मजुबुद हुन्छ हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं ।’

कार्यक्रममा उनले नेपाल शैक्षिक परामर्श संघ, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल मैदा उद्योग संघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ र नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका पदाधिकारीहरुलाई सम्मान सहित बधाई दिएका थिए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलव्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

सदस्यहरुसंग नियमित रुपमा बसेर उनीहरुका इस्यूहरुमाथि छलफल गर्न र समस्या समाधानमा पहल गर्न महासंघका पदाधिकारीहरु हरेक दिन ३ बजे पछि महासंघमा जम्मा भएर काम गरीरहेको बताउंदै कुनै समस्या भयो, कुनै इस्यूहरु छन् भने महासंघमा आएर छलफल गर्न पनि उनले आग्रह गरे । सदस्यका समस्या समाधानमा महासंघको वर्तमान टिम पूर्ण रुपमा प्रतिवद्ध रहेको पनि उनले बताए ।

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत परिषद्ले नयां सोच र फरक ढंगले काम गर्न लागेको उनले जानकारी दिए। महासंघका सबै सदस्य संघहरुसंग नजिकमा रहेर उनीहरुको कुरा सुुन्ने, इस्यूहरुमा छलफल गर्ने र आएको निचोडहरुलाई कार्यान्वयनका लागि सरकारमा पैरवी गर्ने रणनीति अनुसार काम भैरहेको उनले बताए ।

उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुझाव अनुसार सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाइन् । उ

त्यस्तै, नेपाल जग्गा विकास संघका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको संकटलाई नयां मौद्रिक नीतिले संवोधन गर्न नसकेको बताए ।

प्रकाशित : ११ श्रावण २०८०, बिहीबार १६:२४