काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पुरानो नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
कम्पनीले ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लिन आग्रह गरेको हो । साउन ११ गतेबाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड अख्तियारमार्गा काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।
साथै, सो अवधि भित्र नगद लाभांश लिन नआएमा कानुन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा दाखिला हुनेछ ।
Comment