हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पुरानो नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीले ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लिन आग्रह गरेको हो । साउन ११ गतेबाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड अख्तियारमार्गा काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।

साथै, सो अवधि भित्र नगद लाभांश लिन नआएमा कानुन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा दाखिला हुनेछ ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार १२:१९ 27 July, 2023 12:19 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।