उद्यम विकास साकोसमा २३ प्रतिशत तरलता, ४७ करोड २२ लाख बढी बचत निक्षेप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उद्यम विकास साकोसमा २३ प्रतिशत तरलता, ४७ करोड २२ लाख बढी बचत निक्षेप



काठमाडौं । उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० असार मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थामा २३ प्रतिशत तरलता कायम रहेको छ ।

त्यस्तै, असार मसान्तसम्म संस्थाको सेयर पुँजी चार करोड ६० लाख १३ हजार रहेको छ भने कुल बचत ४७ करोड २२ लाख १० हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा दुई करोड २४ लाख ३४ हजार रुपैंया रहेको छ ।

संस्थामा बचत निक्षेप ४७ करोड २२ लाख १० हजार रुपैंया रहेको छ भने संस्थाले ४३ करोड ६ लाख ६५ हजार ऋण लगानी गरेको छ ।

त्यस्तै, यस अवधिमा संस्थामा १३ करोड २७ लाख ५८ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती ५७ करोड ४० लाख ६६ हजार भन्दा बढी रहेको छ । संस्थामा चार हजार ४८६ जना सदस्य रहेका छन् भने ऋणी सदस्य संख्या एक हजार ४७० रहेका छन् ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार १३:०५