सुर्याेदय साकोसकाे यस्ताे छ वित्तीय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुर्याेदय साकोसकाे यस्ताे छ वित्तीय अवस्था



काठमाडौं । सुर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० असार मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थामा ३२.५० प्रतिशत तरलता कायम रहेको छ ।

त्यस्तै, असार मसान्तसम्म संस्थाको सेयर पुँजी तीन करोड ४४ लाख ६० हजार रहेको छ भने कुल बचत २५ करोड ४० लाख ८५ हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा एक करोड १५ लाख ८७ हजार रुपैंया रहेको छ ।

संस्थाको अन्य कोषहरुको रकम पनि १० लाख ७१ हजार रकम रहेको छ । संस्थाले २८ करोड ९७ लाख ४८ हजार ऋण लगानी गरेको छ ।

यस अवधिमा संस्थामा आठ करोड २५ लाख ६७ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती ३७ करोड १२ लाख ३६ हजार भन्दा बढी रहेको छ ।

संस्थामा दुई हजार ४८५ जना पुरुष सदस्य आवद्ध छन् भने दुई हजार ७६३ जना महिला सदस्य रहेका छन् । त्यसैगरी बाल बचर्ता २४३ रहेका छन् । साथै, संस्थामा दुई हजार १३५ जनाले कर्जा सापटी लिएका छन्।

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार १३:४६