पानस साकोसकाे यस्तो छ वित्तिय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पानस साकोसकाे यस्तो छ वित्तिय अवस्था



काठमाडौं । पानस बचत तथा ऋण सहकारी संस्थामा तरलता ३०.६० प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक बर्षको असार मसान्तसम्मको विवरणले यस्तो देखाएको हो ।

त्यस्तै, असार मसान्तसम्म संस्थाको सेयर पुँजी एक करोड ३९ लाख ७७ हजार रहेको छ भने कुल बचत नौं करोड ६७ लाख ९८ हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा २५ लाख ६४ हजार रुपैंया रहेको छ ।

संस्थाको अन्य कोषहरुको रकम पनि १३ लाख ६९ हजार रकम रहेको छ । कुल संस्थागत पुँजी भने २७ लाख ७४ हजार रहेको छ । संस्थाले आठ करोड ३५ लाख २९ हजार ऋण लगानी गरेको छ ।

यस अवधिमा संस्थामा दुई करोड ९६ लाख २२ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती ११ करोड ९४ लाख ८७ हजार भन्दा बढी रहेको छ ।

संस्थामा दुई हजार ६७५ जना सदस्य आवद्ध छन् भने २०६ जना कुल ऋणी सदस्य रहेका छन् ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १८:३१