ललिता निवास जग्गा प्रकरण: थप दुई जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ललिता निवास जग्गा प्रकरण: थप दुई जना पक्राउ



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार ललितपुरबाट दुई जना नक्कली मोहीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुपण्डोलका सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन् । यो सँगै ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा बनाउने २२ जना पक्राउ परेका हुन् ।

यी मध्ये सचिव कृष्णबहादुर राउत मात्रै हिरासत बाहिर छन् । २१ जनालाई थुनामा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १७:५६