ज्ञानज्योती महिला उत्थान बचतमा तरलता १८.८६ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ज्ञानज्योती महिला उत्थान बचतमा तरलता १८.८६ प्रतिशत



काठमाडौं । ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थामा तरलता १८.८६ प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक बर्षको असार मसान्तसम्मको विवरणले यस्तो देखाएको हो ।

त्यस्तै, असार मसान्तसम्म संस्थाको सेयर पुँजी २ करोड १९ लाख ७५ हजार रहेको छ भने कुल बचत १४ करोड ७५ लाख ४३ हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा १ करोड १९ लाख ९३ हजार रुपैंया रहेको छ । संस्थाको अन्य कोषहरुको रकम पनि ७० लाख ९१ हजार रकम रहेको छ । कुल संस्थागत पुँजी भने १ करोड १९ लाख ९३ हजार रहेको छ । संस्थाले १४ करोड ५५ लाख १२ हजार ऋण लगानी गरेको छ ।

यस अवधिमा संस्थामा २ करोड ७५ लाख ३५ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती १९ करोड ५६ लाख १० हजार भन्दा बढी रहेको छ ।

संस्थामा १ हजार ५८१ जना सदस्य आवद्ध रहेका छन् भने ५ सय ९१ जना बाल सदस्य रहेका छन् । त्यस्तै, ऋण रकम लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका ५ सय ९७ जना रहेका छन् ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १३:००