लघुवित्तको मर्जर राष्ट्र बैंकको प्रथामिकतामाः २०८१ असारसम्म एकिकृत हुनेलाई छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लघुवित्तको मर्जर राष्ट्र बैंकको प्रथामिकतामाः २०८१ असारसम्म एकिकृत हुनेलाई छुट



काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको मर्जरलाई प्रथामिकतामा राखेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त संस्थाहरुले मर्जर सम्झौता गरी २०८१ असार मसान्तसम्म एकीकृत कारोबार गरेमा सेवा सुविधा दिने भएको हो ।

गत वर्षको पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने संस्थाले मात्रै यस्तो सुविधा पाएका थिए । यो सुविधा संगै मर्जरमा जान चहाने लुवित्तहरुलाई भने राहात मिलेको छ ।

२०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने छ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १४:१९