काठमाडौं । मौद्रिक नीति पारित गर्न आह्वान गरिएको सञ्चालक समितिको बैठक सकिएको छ। आइतबार बिहान बोलाइएको बैठकले मौद्रिक नीति पारित गरेको हो।
सञ्चालक समितिबाट पारित भएसँगै केहि समयमानै मौद्रिक नीति सार्वजनिक गरिने केन्द्रिय बैंकका सहप्रबक्त नारायण पोखरेलले बताए। उनका अनुसार मौद्रिक नीति केन्द्रिय बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिने छ। साथै, राष्ट्र बैंकले दिउसो ३ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
Comment