कुथेली बुखरी हाइड्रोपावरको आईपीओ बाँडफाँड मिती तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुथेली बुखरी हाइड्रोपावरको आईपीओ बाँडफाँड मिती तय



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ साउन ७ गते आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे धितोपत्र निष्सकान तथा बाँडफाँड निर्देशिका बमोजिम आईपीओ बाँडफाँड हुने जनाएको छ ।

निर्देशिका बमोजिम कम्पनीको आईपीओ गोलाप्रगाबाट १० हजार ११५ जना आवेदकहरूले हात पार्नेछन् । यी आवेदकहरूमध्ये १ जनाले ११ कित्ता र १० हजार ११४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले सर्वसाधारणमा असार २६ देखि २९ गतेसम्म प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका १ लाख १ हजार १५१ कित्ता सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्नुअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख २१ हजार ८६८ कित्ता सेयरमध्ये १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूका लागि, २ हजार ४३७ कित्ता कम्पनीका कर्मचारी र १ लाख २१ हजार ८६८ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँड गरेको छ ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार १५:४०