नेप्से २६ दशमलव ४८ अंकले उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से २६ दशमलव ४८ अंकले उकालो लाग्यो



काठमाडाै, २ फागुन । सोमवार नेप्से परिसुचक २६ दशमलव ४८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ७८ दशमलव ९८ अंकमा पुगेर बन्द भएको हो ।

सोमवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ९२ दशमलव ८९ अंकले उकालो लागेको छ ।

त्यस्तै जलविद्युत ३३ दशमलव ५९ र सेयर बजारमा सवै भन्दा बढी प्रभाव रहेको बैंकिङ समुह ३० दशमलव २३ अंकले बढेको छ । त्यसैगरी अन्य र विकास बैंक समुह क्रमशः १५ दशमलव ३३ र ३ दशमलव ७९ अंले उकालो लागेको छ ।

सोमवार  नेपाल बंगलादेश बैंकको ३ करोड ४६ लाखको कारोवार भएको छ । सो दिन १ सय ३८ कम्पनी कारोवारमा आएकोमा १३ लाख कित्ता सेयर कारोवार भएको छ । आइतवार सेयर बजारमा जम्मा ५० करोड बराबरको कारोवार भएको छ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार १०:२१