विमानस्थलबाट बरामद सुनको तौल ब्रेक शुसहित १५५ केजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विमानस्थलबाट बरामद सुनको तौल ब्रेक शुसहित १५५ केजी



काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन नेपाल राष्ट्र बैंकले जोखेको छ । ८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५ केजी देखिएको छ ।

राजस्व अनुसन्धान विभागले सुन भएको पोका आज नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले सुनको पोका जोखिसकेको छ । बरामद भएको सुन पोकासहित जोख्दा १५५ केजी निस्किएको छ । यद्धपी सुनमा बेरिएको कपडा, कार्टुन र स्कुटरको ब्रेक सु निकाल्दा भने सुनको परिमाण कम हुने अनुमान गरिएको छ।

तौल लिँदा १६० वटा ब्रेक सु भेटिएको थियो । सुन भेटिएका ब्रेक सुबाट सुन निकालेर तौल लिइने भएको छ। यसका लागि राजस्व अनुसन्धान विभागले पोकाभित्र रहेको सुनको यकिन तौल मापन गर्न केन्द्रिय बैंकलाई लिखित निवेदन दिनुपर्नेछ ।

प्रकाशित : ४ श्रावण २०८०, बिहीबार १६:५५