मौद्रिक नीति अवश्यकता अनुसार आउछ – गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीति अवश्यकता अनुसार आउछ – गभर्नर



काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा अवश्यकता हेरेर नीतिगत दरहरू फेरबदल हुने बताएका छन् । मौद्रिक नीति सम्बन्धमा अर्थ समितिमा आयोजित छलफलमा उनले सो कुरा बताएका हुन । राष्ट्र बैंकले आफ्नो प्रणाली अनुसार काम गर्ने बताउदै उनले राजनीतिसंग जोडेर हेर्न नहुँने तर्क गरे ।

गभर्नर अधिकारीले बाह्य क्षेत्रमा अहिले नसोचेको सुधार भएको बताए। तर, बैंकको कर्जा असुलीमा केही न केही समस्या परेको र व्यवसायमा शिथिलता आएकोले यो अवस्थालाई पनि सहजीकरण गर्नुपर्ने अवस्था रहेको उनले बताए। चालु खाता घाटा गम्भिर रूपमा देखिएकोले त्यसलाई जोगाउनु पर्ने अवस्था रहेको पनि गभर्नर अधिकारीले बताए।

प्रकाशित : ४ श्रावण २०८०, बिहीबार १६:२८